आदिकवि क्याम्पसकाे सञ्चालक समिति चयनका लागि मतदान सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि क्याम्पसकाे सञ्चालक समिति चयनका लागि मतदान सुरु

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८२, शुक्रबार

    दमाैली, २० भदाै । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसकाे सञ्चालक समिति चयनका लागि शुक्रबार मतदान सुरु भएकाे छ । क्याम्पस सञ्चालक समितिकाे अध्यक्षका लागि कमलामाेहन वाग्ले, केशबहादुर सुनार र चुडामणि दाहालबीच प्रतिस्पर्धा हुँदैछ ।

    क्याम्पस सञ्चालक समितिको खुल्ला सदस्य १२ जनामध्ये २१ जनाको उम्मेदवारी दर्ता भएको छ । खुल्ला समिति सदस्यमा सङ्गीत घिमिरे, शिवहरि धिताल, सुरेन्द्र पौडेल, भाग्यशाली ढुङ्गाना, रामकृष्ण विक, दुर्गाभक्त अधिकारी, विवेक भट्टराई, पद्मराज सुवेदी, सोमराज सिग्देल, डा. इश्वरचन्द्र वाग्ले, विष्णुबहादुर बस्नेत, भरतप्रसाद पन्त, सुनिल मिश्र, रामजीप्रसाद तिमिल्सिना, गजेन्द्रराज पन्थ, गोपाल सुर्खाली, सहवीर उच्चै ठकुरी, मोहन गिरी, निर्मल पण्डित, इश्वरबहादुर विष्ट, श्रीराम कार्कीको उम्मेदवारी परेको छ ।

    महिला सदस्यdf सिर्जना तिवारी, शोभा बडु अधिकारी र वीणा कैनी निर्विराेध निर्वाचित भएका छन् । दलित सदस्य एक जनामा मिनबहादुर चदारो र अर्जुन सुनारको उम्मेदवारी दर्ता भएको छ ।

    जग्गादाता (अल्पसङ्ख्यक) एक जनामा ठाकुरबहादुर दरै निर्वाचित भएका छन् । जनजाति सदस्य दुई जनामा क्या. सोमबहादुर थापा र चिजबहादुर दरै निर्विराेध निर्वाचित भएका छन् । अभिभावक समिति दुई जनामा कृष्णबहादुर रुचाल र रामराज अधिकारी निर्वाचित भएका छन् ।

    पुस्तकालय समिति संयोजकमा कुलबहादुर थापा र सदस्यहरुमा बुद्धिसागर साखी, महेन्द्र गिरी र अम्बिका अधिकारी निर्विराेध निर्वाचित भएका छन् । आन्तरिक लेखा परीक्षण संयोजकमा ऋषिराम ढुङ्गाना र सदस्यमा प्रेमबहादुर राउत र सरु कुमाल निर्वाचित भएका छन् ।