तालघरेस्थित बुल्दीखोलामा महिलाको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तालघरेस्थित बुल्दीखोलामा महिलाको शव फेला

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८२, बिहीबार

    दमाैली, २६ भदाै । तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा आज एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्कीपुल मुनि अन्दाजी ३०÷३५ वर्षीया महिलाको शव फेला परेको हो ।

    पानीमा डुबी रहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारको लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अशोक थापाले जानकारी दिए ।

    निजको शव परीक्षणका लागि अस्पातलमा राखिएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।

    उनले भने, “शरीरको माथिल्लो भागमा भेण्टा रङको टिसर्ट लगाएको, उक्त टिसर्टको अगाडी सेतो खैरो रङको गुडियाको चित्र भएको, उचाई ५ फिट २ ईन्च भएको महिलाको सनाखतको प्रयास भइरहेको छ ।”