


दमाैली, २७ भदाै । जिल्ला प्रहरी कार्यालय तनहुँले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । देशको विकसित असामान्य परिस्थितिको फाइदा लिई हिरासत र कारागारबाट फरार रहेका थुनुवा, कैदीबन्दीलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्क आउन तनहुँ प्रहरीले अनुरोध गरेको हो ।
अन्यथा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । साथै कारागारबाट फरार रहेका कैदीबन्दीहरु छरछिमेकमा आएको थाहा पाएमा प्रहरीलाई सूचना दिन आम जनसमुदायमा अपिल गरिएको छ ।