पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ जेनजी सहिदहरूको अन्त्येष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ जेनजी सहिदहरूको अन्त्येष्टि

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८२, मंगलवार

    काठमाडाै, ३१ भदाै । जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार पशुपति आर्यघाटमा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।

    अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा गरिएको थियो। आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामी अर्पण गरेका थिए।

    आन्दोलनमा ज्यान गुमाएका सहिदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी छ । सरकारले भदौ २३ र २४ को जेनजी समूहको आन्दोलनमा मृत्यु भएकालाई राष्ट्रिय झन्डा ओढाइ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज मृतकहरूको अन्त्येष्टि गरिएको हो।