भानुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८२, बुधबार

    दमाैली, १ असाेज । तनहुँको भानु नगरपालिका–९ रानीपानीमा टिप्परको ठक्करबाट मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा सोही वडाको बाइसजाँगर बस्ने ३८ वर्षीय रवीन्द्र मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ग १ क ३४८२ नम्बरको टिप्परले ग ५ प १६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मल्लको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

    घटनापश्चात् प्रहरीले टिप्पर र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।