पसलेमा चाडपर्व बजार मेला लाग्ने, बजार मूल्यभन्दा कममा सामान पाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पसलेमा चाडपर्व बजार मेला लाग्ने, बजार मूल्यभन्दा कममा सामान पाइने

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८२, आईतवार

    दमाैली, ५ असाेज । तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेमा नव पसले युवा क्लवले दसैं तिहारलाई लक्षित गरी चाडपर्व बजार सञ्चालन गर्ने भएको छ । पसले आधारभूत विद्यालय प्राङ्गणमा सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म चाडपर्व बजार मेला आयोजना गरिएको हो ।

    शुलभ मूल्यमा चाडपर्व लक्षित दैनिक उपभोग्य खाद्यान्न सामग्री विक्री वितरणका लागि चाडपर्व बजार सञ्चालन गरिएको जनाइएको छ । त्यसक्रममा बजार मूल्यभन्दा कममा सामान विक्री वितरण गरिने जनाइएको छ ।

    May be an image of text
    May be an image of text