


दमाैली, ५ असाेज । मुग्लिन नारायणगढ खण्ड अन्तर्गत तुइनखाेलामा खसेकाे पहिराेले शुक्रबारदेखि सडक पूर्ण रुपमा अवरुद्ध छ । हजाराै यात्रुहरु सडकमै अलपत्र परेका छन् । निरन्तर ढुङ्गा खसिरहेकाले सडक सुचारु गराउन समस्या भइरहेकाे छ । मुग्लिन नारायणगढ हुँदै अन्यत्र जाने यात्रुहरु पनि यात्रा गर्न सकिरहेका छैनन् ।
मुग्लिन नारायणगढ सडककाे विकल्पमा तनहुँकाे खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयाेग गर्न सकिनेछ । याे सडकलाई गण्डकी प्रदेश सरकारले गाैरवकाे याेजनाकाे रुपमा राखेकाे छ । मुस्ताङदेखि तराइ जाेड्ने गरी याे सडक प्रदेश सरकारले निर्माण गरिरहेकाे छ ।
साना सवारी साधनले याे सडक प्रयाेग गर्न सकिने जनाइएकाे छ । त्यसका लागि दमौली- खैरेनीटारबाट देव्रे साईड हुँदै भिमाद-मानपुर हुदै डेढगाउँ-वुलिङटार-ढोडेनी हुदै गैडाकोट पुग्न सकिनेछ ।
मुग्लिनदेखि खैरनीटार – ७० किमि खैरनीटार-भिमाद कालोपत्र, भिमाद-मानपुर अफरोड, मानपुर-डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ – ७० किमि (कालिगण्डकी करिडोर कालोपत्र सडक) प्रयाेग गर्न सकिनेछ ।