


काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट फरार रहेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् ।पनौती नगरपालिका–१२ गागलका करिब ३५–३६ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
सन्तबहादुर जेन्जी आन्दोलनको बेला नख्खु कारागारबाट भागेका थिए । उनी जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए ।