


काठमाडौं, ६ असोज। फेरान टोरेसको दुई गोल मद्तमा बार्सिलोनाले स्पानि ला लिगामा गेटाफेलाई ३-० ले पराजित गरेको छ ।
गएराती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि अर्को गोल डानी ओल्मोले गरे । फेरानले १५औं मिनेटमा ओल्मोको ब्याक पामा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फेरानले नै ३४औं मिनेटमा राफिन्हाको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।
बार्सिलोनाका लागि तेस्रो गोल ओल्मोले ६२औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गरे ।
जितपछि दोस्रो स्थानको बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको रियल मड्रिड भन्दा बार्सिलोना दुई अंकले पछि छ । यस सिजन रियलले मात्र शतप्रतिशत जित हात पारेको छ ।