देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान हुँदै

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८२, सोमबार

    काठमाडौं, ६ असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ ।

    सम्पत्ति शुद्धीकरण विभागको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छुट्टाछुट्टै अनुसन्धान थालेको स्रोतले जानकारी दियो । एसपीको नेतृत्वमा एक टोलीले दुवै घरमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको स्रोतले जानकारी दियो ।

    देउवाको निवासमा हजार, पाँचसयका नोट र डलर जलेको अवस्थामा भेटिएको थियो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार जेनजी प्रदर्शनका क्रममा उच्छृङखल गतिविधि, लुटपाट, जलेका भनिएका नोटलगायका सबै विषयमा ब्युरोले अनुसन्धान थालेको छ ।

    तत्कालीन ऊर्जामन्त्री खड्काको निवासमा भेटिएको पैसालाई प्रदर्शनकारीले हावामा उडाएका थिए । देउवा निवासबाट लुटिएको केही रकमसहित तीन जनालाई भदौ २४ गते राति नै प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेकाको बयान, घरमा जलेको अवस्थामा भेटिएका नोटसहित सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थाल्ने एक अधिकारीले जानकारी दिए ।