मुग्लिन-नारायणगढ सडक आज दिउँसो २ घन्टा बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन-नारायणगढ सडक आज दिउँसो २ घन्टा बन्द हुने

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८२, सोमबार

    चितवन, ६ असोज । चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द रहने भएको छ।

    यस सडकखण्डको तुइनखोलामा खसेको पहिरो हटाउन दुई घन्टा सडक बन्द गर्न लागिएको हो।

    यहाँ खसेको पहिरो ४५ घन्टापछि हटाएर आइतबार अपराह्नदेखि एकतर्फी रूपमा सडक खुला गरिएको थियो।

    थप पहिरो हटाएर सडक दुईतर्फी खुला गर्ने तयारी छ। त्यसैले जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार आज दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द रहने सडक डिभिजन भरतपुरले जनाएको छ।