जवाङ खोलाको पहिरो हटाइयो, सडक पुन: सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जवाङ खोलाको पहिरो हटाइयो, सडक पुन: सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८२, मंगलवार

    धादिङ, ७ असाेज । पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा खसेको पहिरो हटाइएको छ।

    सोमबार मध्यराति यहाँ सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फी अवरूद्ध थियो। पहिरो हटाएपछि आज अपराह्न साढे ३ बजे सडक दुईतर्फी सञ्चालनमा आएको हो।