


चितवन, ७ असाेज । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन गरेर फर्किँदै गर्दा मंगलबार साँझ ६ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चितवनका दुई जना पत्रकार घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र पत्रकार महासंघ चितवनका सदस्य सुदन पौडेल रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
ढकालको अवस्था गम्भीर रहेकाे र उनलाई भेन्टिलेटरमा राखेर चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने सुदन पौडेलको अवस्था सामान्य रहेको बताइएको छ।