


दमौली, ९ असोज । नेकपा माओवादी तनहुँका युवा नेता मनराज गुरुङले पार्टी नेतृत्वलाई विभिन्न सुझाव दिएका छन् ।
पार्टीको बिहीबार हुन गइरहेको केन्द्रीय समितिको बैठकलाई लक्षित गरी गुरुङले विभिन्न सुझाव दिएका हुन्।
उनले विधानमा सर्वोच्च संरक्षकको व्यवस्था गरी प्रचण्डलाइ आजिवन पार्टी संरक्षक बनाउन सुझाव दिएका छन् ।
यस्तै पार्टीको कुनै पनि कमिटी बढीमा दुइ अंकको बनाउने, एक व्यक्ति एक पद दुइ कार्यकाल मात्र हुने, प्रत्यक्ष निर्वाचित विधि अवलम्बन गर्ने, राज्यको कुनै पनि तहको उम्मेदवार हुनका लागि नेताको गोजीबाट होइन कार्यकर्ताले चुन्ने प्राइमरी इलेक्सन विधि अवलम्बन गर्ने उनको सुझाव छ।