हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोग पुगेर दिए निवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोग पुगेर दिए निवेदन

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८२, आईतवार

    काठमाडौं, १२ असोज। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

    उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले भन्यो ।

    उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो ।