मर्स्याङ्दी विद्युतगृहको पारीपट्टीको सडकको रेखाङ्कन स्वीकृत गर्ने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्दी विद्युतगृहको पारीपट्टीको सडकको रेखाङ्कन स्वीकृत गर्ने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८२, आईतवार

    दमौली, १२ असोज । सरकारले मर्स्याङ्दी विद्युतगृहको पारीपट्टीको सडकको रेखाङ्कन स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सडकको केन्द्र रेखाबाट दायॉबायॉ १५/१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको हो ।

    मुग्लिन पोखरा सडक अन्तर्गत मुग्लिनदेखि ऑबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारीपट्टि त्रिशुली किनार गोरखातर्फदेखि मर्स्याङ्दी विद्युतगृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।