ओली, लेखकसहित पाँच जनाको विदेश यात्रामा रोक, काठमाडौंबाहिर जान स्वीकृति लिनुपर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली, लेखकसहित पाँच जनाको विदेश यात्रामा रोक, काठमाडौंबाहिर जान स्वीकृति लिनुपर्ने

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८२, आईतवार

    काठमाडाै, १२ असाेज । जेन–जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई अनुसन्धानमा तानेको छ। जाँचबुझ आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललाई अनुसन्धानमा तानेको हो।  

    अनुसन्धानमा तानेपछि आयोगले पाँचै जनाको विदेश भ्रमणमा पनि रोक लगाएको छ। यस्तै छानबिनका लागि जुनसुकै बेला पनि उपस्थित हुनुपर्ने भन्दै आयोगको स्वीकृतिबेगर काठमाडौं नछाड्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ।