वेष्ट इन्डिजविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वेष्ट इन्डिजविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८२, सोमबार

    काठमाडौ, १३ असोज । वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    दुबईको शारजाह क्रिकेट रंगशालामा वेष्ट इन्डिजविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपाललाई यो खेलमा जित निकाल्दै ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पार्ने अवसर छ ।

    यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता टेष्ट टोली वेष्ट इन्डिजमाथी ऐतिहासिक जित निकालेको थियो ।