ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर आयोगमा पठायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर आयोगमा पठायो

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८२, मंगलवार

    काठमाडौं, २१ असोज। हामी नेपालका संस्थापक सुधन गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश गरेको छ ।

    काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएपछि प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको हो ।

    प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी लिएर आयोगमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।

    सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् ।