खण्डहर गजामा घर खोज्दै फर्किए हजारौं प्यालेस्टिनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    खण्डहर गजामा घर खोज्दै फर्किए हजारौं प्यालेस्टिनी

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८२, आईतवार

    एजेन्सी, २६ असोज । गजामा युद्धविराम गर्ने सहमति भएपछि त्यहाँबाट विस्थापित भएका हजारौं प्यालेस्टिनीहरू फर्कन थालेका छन्।

    इजिप्टमा विहीबार भएको अप्रत्यक्ष वार्तामा युद्धविराम गर्ने सहमति जुटेको भोलिपल्टैदेखि गजामा मानिसहरू फर्कन थालेका हुन्।

     शनिबार अबेरसम्म २ लाखभन्दा बढी मानिसहरू गजा फर्किएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

    इसराइलले भीषण आक्रमण गरेपछि विस्थापित भएकाहरू पैदल नै गजा सिटी फर्किन थालेका हुन्।

    गजा फर्किएकाहरु आफ्नो घर खोजिरहेका छन्। तर इसराइली हमलाबाट ध्वस्त बनेको गजामा कुनै घर सग्ला नभेटिएपछि उनीहरू निराश बनेका छन्।

    २ वर्षअघिसम्म सग्लो रहेको सहर अहिले खण्डहर बनेको उनीहरूले भेटेका छन्।