दमौली मुख्यचोकको डिभाइडर आफूखुसी हटाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली मुख्यचोकको डिभाइडर आफूखुसी हटाइयो

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८२, बुधबार

    दमाैली, २९ असाेज । मुग्लिन पोखरा सडक अन्तर्गत दमौलीको मुख्यचोकमा राखिएका डिभाइडर केही व्यवसायीले आफूखुसी हटाउन थालेका छन् । जनताको सुरक्षाका लागि राखिएका सडक डिभाइडर केही व्यक्तिहरुले आफूखुसी हटाउन थालेका हुन् ।

    दमौलीस्थित भोर्लेटारचोकबाट डाङ्ग्रे खोल्सी झर्ने ठाउँ र कालिकामार्गतर्फबाट झर्ने ठाउँका डिभाइडर हटाइएको छ । यसले गर्दा मुख्यचोकमा सवारी दुर्घटनाको जोखिम बढाएको छ । जथाभावी रुपमा डिभाइडर निकालिँदा जथाभावी सवारी चलाउने र पैदलयात्रीले बाटो काट्ने हुँदा दुर्घटना बढेको छ ।

    तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले सडक आयोजनाले यहाँका व्यवसायीसँग सहकार्य नगरी डिभाइडर राखेको बताए ।