स्टुडिओमा आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्टुडिओमा आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८२, शुक्रबार

    काठमाडाै, ७ कात्तिक । अनामनगरस्थित स्टुडिओमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ।

    उनको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएकाे छ । पौडेलको निधन शुक्रबार बिहान ८ः ३० बजेको समयमा भएको हो।

    गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडिओमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर वर्न अस्पताल लगिएको थियो।