अपाङ्गता दम्पत्तिको प्रेममय साहसिक अन्नपूर्ण पदयात्राको विश्लेषणात्मक स्थिति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपाङ्गता दम्पत्तिको प्रेममय साहसिक अन्नपूर्ण पदयात्राको विश्लेषणात्मक स्थिति

    इश्वर बास्तोला

    १२ कार्तिक २०८२, बुधबार

    दमौली, १२ कात्तिक । तनहुँको दमौली निवासी हामी अपाङ्गता भएका ईश्वर बास्तोला र संगिता शर्मा श्रीमान श्रीमती हौ। आजभन्दा ५ वर्ष पहिले हाम्रो प्रेम विवाह भएको हो। एकअर्कालाई मन पराउनु हाम्रो दोष थिएन, हाम्रो सम्बन्धको अगाडि परिवार बाधक हुन सकेन।

    दुबै दम्पत्ति परिवारले आ आफ्नो भुमिका निर्वाह गरे। हामीले आ-आफ्नो जीवनको निर्णय आ- आफै लियौ । परिवारले आफ्नो जिम्मेवारी पूरा गरि टीकाटालो गरि छोरीलाई बिदाइ गरे । बिहे भन्दा अगाडि कुरा छिन्न जादा पॉच घन्टा लामो अन्तरबार्ता उनकै ज्वाइले लिए, त्यतिबेला उनी वीरेन्द्र क्याम्पसका प्राध्यापक थिए।

    हाल अमेरिका छन।उनी माइला ज्वाइँ हुन। बॉकी २ बहिनी ज्वाइ अस्ट्रेलियामा छन। उनी जेठी छोरी हुन। नातेदारले बेला बेलामा छलछाम गरि बिहेका प्रस्ताव उनलाइ कति आए कति उनी अटेरी घमण्डी स्वभावकी छिन् । त्यसको अगाडि आफन्तको पनि केही लागेन। जब उनी मेरो सम्पर्कमा आइन् मैले मेरो वृतान्त सुनाए नितान्त मेरो उनीसँग घनिभूच सम्बन्ध कायम भयो त्यो सम्बन्धलाई मुर्तरुप दिन विवाहको कुरा आयो यो असम्भव छ भनी उनले भनिन। उनले आफ्नो मनको कुरा सिधै बाबू आमालाइ भन्न सकिनन अष्ट्रेलियामा बस्ने कान्छी बहिनिलाइ भनिन कान्छी बहिनी मार्फत कुरा बाबू आमा सम्म पुग्यो।

    असम्भव लाई कसरी सम्भव बनाउने मेरो मनमा कुरा खेल्यो मनले आटयो मैले घरमा कुरा राखे घरका सदस्यहरु आश्चर्यचकित भए । त्यतिबेला मसँह जागिर थिएन भाइहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनको आमासँग फोनमा कुरा भयो अपाङ्गता अवरोध हो भन्ने प्रसङ्ग आएसी मेरो माइलो भाइले दुई जनाको हिम्मतलाई स्वीकार गरौ दुई जनाको सुन्दर सपना मिलेर साकार पारौ भनेसी उनकी आमा बल्लतल्ल सहमत भइन् । अझै पनि मनमा खुलदुल खुलदुल नै थियो।

    तर तीव्र इच्छा शक्ति र दुई जनाको अडानको अगाडि कसैको केही लागेन कार्तिकको महिना थियो । बिहेको निम्तो उनको आफन्तमा खैलाबैला सरि फैलियो कोरोनाको कहर भएको कारण धेरै मान्छे आउन सक्ने सम्भावना भएन।

    सीमित मान्छेको रोहवरमा टिकाटाला गरि बिदाइ र बधाईको ओइरो लाग्यो। उनको घर चितवन भरतपुरबाट मुग्लिन आइपुग्दा साच्चिकै एक अर्काको राजीखुसीमा बाजी जिते जस्तो लाग्यो। ऑबुखैरेनीस्थित रहेको अकला मन्दिर परिसरमा सिन्दुर हालेपछि बिबाह सम्पन्न भयो।

    यो त प्रेम, सम्बन्ध, बिवाहको यात्रा हो निकै चुनौती र उपलब्धिले भरिपूर्ण छ। त्यसको ४ बर्ष पछि कम्युनीटि सर्पोट ग्रुपमा आन्तरिक परिचालकको रुपमा पेशामा छनौट भए त्यो कुरा उनलाई सुनाइदा हर्षको आँसु आयो। निस्सासिएको जीवनले सास फेरेको आभास भयो। त्यसको १३ महिना पछि शिक्षण पेशामा आबद्ध हुने सु अवसर प्राप्त भयो एक पछि अर्को सफलताले शिखर चुम्यो। कार्तिक महिनामा विवाहको उत्सव मनाउन अन्नपूर्ण आधार शिबिरको साहसिक यात्रामा रमाउन यो त भयो नितान्त व्यक्तिगत परिवेश हो । सामूहिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु अन्नपूर्ण आधार शिविर जाने सूचना सामाजिक सन्जाल बाट प्राप्त भयो। यो नेपालमा पहिलो पटक गर्विलो ऐतिहासिक यात्रा हुने वाला थियो, भयो पनि । हजारौं अपाङ्गता भएका व्यक्तिहरुलाई हौसलाका साथै विश्वभर छरिएका रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई नेपालमा सहज तरिकाले पर्यटकको रुपमा आउन पहुँचयुक्त नीति तथा भौतिक संरचना अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायलाई सर- सल्लाह ,सुभाव प्रदान गर्नु थियो।

    सोही उद्धेश्यले यस यात्राको सुरु भयो । जस अनुसार पदमार्ग सुधार गर्न १५ लाख बजेट परेको उप्त बजेटले बाटोको सुधार समेट्न नसकेको बाटोको स्तरउन्नति गर्न १५ करोड बजेट आवश्यक रहेको अन्नपूर्ण गाउँपालिका-४ का जनप्रतिनिधि श्याम पुर्जालेले बताए। अन्नपूर्ण आधार शिविर १५ वर्ष लागेर बाटोको गोरेटो पन्चकुन्डसम्म कोरेको हिमखोलामा होटेल संचालक तेज बहादुर गुरुङले हामीलाई खाना खुवाउने क्रममा संघर्षको कथा सुनाए। भुस्केट मेलाकी होटल संचालिका सरु पुनको भाइ बहिरा अपाङ्गता भएको बताइन । उनले हामीलाई निशुल्क खाजाको ब्यवस्था गरिन् । हाम्रो आट हिम्मत साहसको प्रशंसा गरिन। जीवन परिवेश सुहाउदो हाम्रो प्रेम कथा जस्तै यो गर्विलो ऐतिहासिक यात्रा हामी विभिन्न जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुलाई चुनौतीपूर्ण नै थियो पछि उपलब्धिमुलक लिएको लक्ष्य पूरा हुदा सन्तुष्टी प्राप्त भयो । खुलेर सबैले प्रशंसा गरे। यस जीवनको संघारमा आएका बदलाब उताचढाबले पारेको चरित्र भित्र बिचित्रको संघर्ष छ। एकातिर प्रेमले वैवाहिक सम्बन्धलाई मुर्त रुप दिन समाज, परिवार, पहिचान बाधक बनेपनि आजको दिनमा साधनाको फलस्वरूप शुभकामनाको लर्को प्राप्त भयो।

    अन्नपूर्ण बेस क्याम्प यात्रा तय गर्ने सन्दर्भमा पनि अपाङ्गता भएका व्यक्तिको हिम्मत साहसलाई मुल्यांकन गरि म्याग्दी जिल्लाका विभिन्न निकायले खेलेको भुमिका सकारात्मक छ। जसमा पत्रकार, राजनैतिक दल, अपाङ्गता क्षेत्रका संघ संस्था अपाङ्गता अधिकारकर्मी होटल व्यवसायीको आत्मियतापुर्ण व्यवहार निशुल्क खाजा, खाना तथा बासको प्रबन्धले अपाङ्गतामैत्री पर्यटन विकासमा अबको निकास हुनुपर्ने सन्दर्भ प्रष्ट हुन्छ। यो प्रेम साथ सहयोग परिणाम स्वरुप एक अपाङ्गता भएको व्यक्ति पनि समाजको परिपुरक पहिचान कायम गरि परिवार समाज देशको लागि अतुलनीय योगदान कायम गर्न सक्छ भन्ने पक्षमा व्यक्तिगत खुबी, भौतिक संरचना निर्माण देखि लिएर राज्यको नीति अपाङ्गतामैत्री हुनुपर्ने आम सन्देश हो।