


काठमाडौ,१४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ।
शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।‘केन्द्रीय कमिटी बैठकले एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने।
पार्टी एकताबारे थप गृहकार्य गर्ने, मिल्न बाँकी रहेका विषय टुंग्याउने जिम्मा केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ।नेताहरूले दिएका जानकारी अनुसार माओवादी केन्द्रसँग नीति र नेतृत्वबारे टुंगो लागिसकेको छ।