विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८२, आईतवार

    विराटनगर, ७ मङ्सिर । नेकपा (एमाले)का नेता तथा महेश बस्नेत सवार गाडीमा आक्रमण प्रयास भएको छ। विराटनगरमा प्रदर्शनकारीले आइतबार रातो रङ फ्याँकेर विरोध गरेका हुन्।

    विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा उनी सवारी गाडीमा रङ हानिएको हो। त्यसक्रममा जेन–जीका नाममा जम्मा भएको समूहले बस्नेतको विरोधमा नाराबाजी पनि गरे। गाडीमा रङ हानेपछि सञ्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको छ।

    सुनसरीको इटहरीमा आयोजित एमालेको कार्यक्रममा सहभागी हुन उनी कोशीमा आएका हुन्। जेन–जी समूहका नाममा एमालेका नेतामाथि ठाउँ ठाउँमा आक्रमण प्रयास भइरहेको छ।

    मधेस प्रदेशका बस्नेतविरुद्ध चर्को विरोध प्रदर्शन भएको छ। यसअघि बाराको सिमरामा जान खोज्दा विरोधमा उत्रिएर जहाजसमेत रोकिएको थियोे। सिमरामा तीन दिनसम्म भएको तनाव बल्ल शान्त हुँदै गएको छ।