कास्कीमा भूकम्पको धक्का महसुश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीमा भूकम्पको धक्का महसुश

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८२, आईतवार

    पोखरा, ७ मंसिर । कास्कीस्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

    बेलुका ५ बजेर १९ मिनेटमा ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यसअघि, कात्तिक २८ मा कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।