


दमौली, ८ मंसिर । सामाजिक अभियान्ता अविनाश पन्थले व्यास–१३, बेनीमित्र प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा जुत्ता वितरण गरेका छन् ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पॉच जना विद्यार्थीलाई न्यानो स्विटर र ४ जना विद्यार्थीलाई जुत्ता वितरण गरिएको हो ।
आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्दै अर्थपूर्ण बनाउने लक्ष्य अभियानको मुख्य उद्धेश्य रहेको पन्थको भनाई छ । उनले भने, ‘बजार केन्द्रित विद्यालय भन्दा गाउँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्थिति पहिचान गरि अत्यावश्यक जो गरिबीका कारण स्विटर जुत्ताको जोहो गर्न नसक्दा विद्यालयमा उपस्थित भइ पठनपाठनमा सक्रियता कमि हुने गरेको पाइयो ।’
नेपाल पत्रकार महासंघ नेपालकी केन्द्रीय सचिव सोनी शर्माले ५ जना विद्यार्थीलाई स्विटर प्रदान गर्न आर्थिक सहयोग प्रदान गरेको पन्थले बताए ।
विद्यालयका शिक्षक ईश्वर बास्तोलाले न्यानो स्विटर र जुत्ता बिना नै स्कुल आउने विद्यार्थीको स्थितिमा सुधार गरि आत्मवल बढाउन यो अभियानले सहयोग गर्ने बताए ।
