सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घको बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घको बैठक

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०८२, मंगलवार

    दमौली, ९ मंसिर । नेपालकै ठूलोमध्येको सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको बैठक बसेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्धेश्यसहित शाखाको मंगलबार घुम्ती बैठक गुफाभित्र बसेको हो ।

    जिल्लाभित्रका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित शाखाले घुम्ती बैठकको आयोजना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम शाखाको बैठक सिद्धगुफामा बसेको हो । बैठकले पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित सिद्धगुफाको सञ्चारमाध्यबाट प्रचारप्रसार गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डिपी अधिकारीले जानकारी दिए ।

    शाखाले यसअघि व्यास नगरपालिका–३ व्यासगुफा, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी र म्याग्दे गाउँपालिका–६ मनपाङमा घुम्ती बैठक सम्पन्न गरिसकेको छ।