आफूखुसी महाधिवेशन प्रतिनिधि चयनमा मेरो सहमति छैन : पूर्णबहादुर गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफूखुसी महाधिवेशन प्रतिनिधि चयनमा मेरो सहमति छैन : पूर्णबहादुर गुरुङ

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८२, बुधबार

    दमौली, १७ मंसिर । नेकपा एमालेका नेता पूर्णबहादुर गुरुङले आफूखुसी चयन हुने महाधिवेशन प्रतिनिधिमा सहमति नरहेको बताएका छन् ।

    नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनका लागि उम्मेदवार रहेका गुरुङले संगठित सदस्यको भावना अनुसार बिधि पद्धतिमा रहेर निर्णय हुनुपर्ने मा सीमित व्यक्तिहरुले स्वार्थमा आधारित भएर निर्णय गर्न खोजेको र आफू खुसी प्रतिनिधि छनोटको कागजी प्रयास गरेको सुन्नमा आएकोले आफू त्यस्तो कुनै छलफलमा सहभागी नभएको र त्यसरी हुने निर्णयमा सहमति नभएको बताए ।