


चितवन, १८ मंसिर । सौराहाको होटलबाट खसेर बुधवार राति १८ वर्षिया किशोरीको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार शैक्षिक भ्रमणमा आएकी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा पाख्रिनको सौराहामा होटलबाट खसेर निधन भएको हो ।
उनी बास बसेको सौराहाको होटल पार्क साइडको चौथो तलाबाट खसेकी थिइन् । राति सवा ११ बजे तिर उनी खसेपछि उपचारका लागि रत्ननगरमा रहेको बकुलहर अस्पताल पुगाइएको थियो।
चिकित्सकले राति पौने १२ बजे मृत घोषणा गरेको डीएसपी खनालले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
