


दमौली, २१ मंसिर । बन्दीपुर गाउँपालिका-१ स्थित पवित्रा माध्यमिक विद्यालयमा सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ । आइतबार सम्पन्न भेलाले डिल बहादुर रानाकाे अध्यक्षतामा समिति गठन गरेकाे हाे ।
समितिकाे सदस्यहरुमा निलकण्ठ मिश्र, शुक्र कुमार श्रेष्ठ, कृष्ण सिंह ठकुरी, तुलसी गान्धारी र सञ्जु शर्मा रहेका छन् ।
भेलामा विद्यालयको शैक्षिक विकास, विद्यार्थी हितका कार्यक्रम, भौतिक पूर्वाधार विस्तार तथा विद्यालय सुधारका दीर्घकालीन योजनाबारे समेत विस्तृत छलफल भएको थियो। समितिले आगामी कार्यकालमा विद्यालयलाई शैक्षिक उत्कृष्टततर्फ उन्मुख गराउने लक्ष्यसहित सहकार्य र पारदर्शितामूलक कार्यप्रणालीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
