


काठमाडौ, २२ मंसिर । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले ४ महिने छोराको हत्या गरेका छन् ।
हिजो (आइतबार) दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका पुष्कर कार्कीले ४ महिने छोराको घाँटी रेटेर हत्या गरेका हुन् । जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेर श्रीमतीलाइ पनि कुटपिट गरि उनी फरार भएका थिए । उनकी श्रीमती पनि प्रहरी हुन् ।
