विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०८२, बिहीबार

    काठमाडौ, २५ मंसिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो ।

    लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटियो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए । मार्टिन गप्टिल २, फाफ डु प्लेसिस ३, नरेन भट्ट २१, लोकेश बम ०, शंकर राना ७, मार्चेन्ट डि लिङे १७, बसिर अहमद ३, प्रतिश जिसी २ र कप्तान सन्दीप लामिछाने ३ रनमा आउट भए ।

    बलिङमा लुम्बिनीका तिलक भण्डारीले ३, रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेश गौतमले दुईदुई तथा शेर मल्लले एकएक विकेट लिए ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

    लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहित ३४ रनमा आउट भए । दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा ०, जेजे स्मिथ ०, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए । अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।

    बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । लुम्बिनीले अब उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।