


काठमाडाै, २७ मङ्सिर । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार जितेका छन् ।
लुम्बिनीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका रोहितले कार जितेका हुन् ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका छन् । फाइन खेलमा उनले ह्याट्रिक विकेट लिए ।