पूर्णबहादुर गुरुङलाई भोट माग्दै ज्योति मगर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्णबहादुर गुरुङलाई भोट माग्दै ज्योति मगर

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८२, मंगलवार

    काठमाडौ, १ पुस । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । 

    महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा बन्दसत्र जारी छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो ३ बजेदेखि मतदान हुने कार्यक्रम छ ।

    एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।

    ३०१ केन्द्रीय कमिटीमा निर्वाचित हुने महाधिवेशनमा नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । नेता कार्यकर्ता बिहानैदेखि प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।

    यस्तैमा गायिका ज्योती मगर पनि महाधिवेशनस्थल पुगेकी छन् । उनले एमाले नेताका लागि मत मागिरहेकी छन् ।

    उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पूर्णबहादुर गुरुङको प्रचार सामग्री बोकेर मत मागिरहेकी छन् ।