


दमौली, ३ पुस । प्रदेश अस्पताल दमाैलीका व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष कमलामोहन वाग्लेले बिहीबार पदभार ग्रहण गरेका छन् । साेही अवसरमा निवर्तमान अध्यक्ष एव सदस्यहरुलाई बिदाइ समेत गरिएकाे छ ।
अस्पताल प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा. परिवर्तन बरालकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान पदाधिकारीहरु जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, काेलेनिका प्रमुख अशाेक खनाल लगायतकाे सहभागिता थियाे ।
डा. बरालले अस्पतालकाे परिचय, उपलव्ध सेवा, गत तीन वर्ष सहित चालु आर्थिक वर्ष हालसम्मको प्रगती, कर्मचारी विवरणकाे बारेमा प्रकाश पारेका थिए ।