


चितवन, ५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्ने भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार लामिछानेले आज बिहान ११ बजे भरतपुरको चौबिसकोठीमा आयोजना हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसपछि उनी दिउँसो १ः५० बजेको जहाजको उडानमार्फत काठमाडौं फर्किने र जेन–जी आन्दोलनका शहीद तथा घाइते परिवारलाई भेट्ने कार्यक्रम रहेको झाले जानकारी दिए ।
