छैठौं ल्होसार कपः दोस्रो दिन पाँच खेल सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    छैठौं ल्होसार कपः दोस्रो दिन पाँच खेल सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८२, शुक्रबार

    दमौली, ११ पुस । छैठौं संस्करणको ल्होसार कप खुला सेभन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार ५ खेल भएका छन् । शुक्लागण्डकी नगरपालिका–९ घारी स्याउलीबजारमा रहेको भ्याली युथ क्लबले आयोजना गरेको दुधराज मनमाया स्मृति कप तथा छैठौं ल्होसार कप खुला सेभेन ए साइड प्रतियोगिताको दोस्रो दिन ५ खेल भएको हो ।

    भ्याली युथ क्लबको मैदानमा भएको पहिलो खेलमा अरोरा ट्रेडर्स र शितलवस्ती फुटबल क्लबले मैदान साटे । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा अरोरालाई ३–२ गोलअन्तरले हराउदै शितलवस्तीले जित दर्ता गरायो ।

    दोस्रो खेलमा सिक्स्टीनाइन ग्रुप कम्पनीले जित दर्ता गरायो । सेती रिभरसँग आमनेसामने भएको सिक्स्टीनाइन ग्रुप कम्पनीले निर्धारित समय १–१ गोलको बराबरी खेल्यो । टाइब्रेकरमा ३–२ गोल अन्तरले पाखा लगाउदै सिक्स्टीनाइनले जितेको हो ।

    तेस्रो खेलमा डेली ड्रिपले बेलचौतारा फुटबल क्लबलाई टाइब्रेकरमा ७–६ गोल अन्तरले परानित गर्दै अघिल्लो यात्रा तय गरेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

    चौथों खेलमा आयोजक भ्याली युथ क्बल ‘ए’ ले गगनगौंडा फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।

    पाँचौ खेलमा सैनिक फुटबल क्बललाई स्याउलीबजार फुटबल क्बलको १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणको यात्रा सुरक्षित गरेको हो ।

    बिहीबारदेखि सुरु प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ । तनहुँ, कास्की र लमजुङका २५ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्देश रानाले जानकारी दिए । रानाका अनुसार उपविजेताले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

    सर्वोत्कृष्ट खेलाडीले दुई हजार ५०० रुपैयाँको साथमा शिल्ड र प्रमाणपत्र पाउने जनाइएको छ । उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई दुई हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्रले पुरस्कृत गर्दा उदयमान खेलाडीले एक हजार ५०० रुपैयाँको साथमा शिल्ड, मेडल पाउनेछन् ।

    बिहीबार सुरु भएको प्रतियोगितामा पहिलो दिन २ खेल भयो । पहिलो खेलमा दुधराज मनमाया फुटबल क्लबले टिम आरसीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित ग¥यो । निर्धारित समयमा खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा धकेलिएको हो ।
    दोस्रो खेलमा नवप्रभात युवा क्लबले शिलादेवी युवा क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको थियो ।