तनहुँ उद्योग वाणिज्य संघको शपथ एवं पदस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य संघको शपथ एवं पदस्थापन

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०८२, सोमबार

    दमौली, ५ माघ । तनहुँ उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथग्रहण समारोह सोमबार सम्पन्न भएको छ । जिल्लास्थित उद्योगी, व्यवसायी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा अतिथिहरूको उपस्थितिमा पदस्थापन एवं शपथग्रहण गरिएको हो ।

    समारोहमा सङ्घका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले नवनिर्वाचित अध्यक्ष इमकुमार मल्ललाई पद तथा गोपनीयताको शपथ गराए । शपथग्रहणपछि अध्यक्ष मल्लले उद्योग, व्यापार र व्यवसायिक हकहित संरक्षण गर्दै सङ्घलाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    नवनिर्वाचित अध्यक्ष मल्लले त्यसपश्चात सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनले आगामी कार्यकालमा उद्योग–व्यवसायमैत्री वातावरण सिर्जना, लगानी प्रवर्द्धन, निजी क्षेत्रको समस्या समाधान तथा सङ्घको संस्थागत क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइने बताए ।

    कार्यक्रममा वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लाको आर्थिक विकासमा उद्योग वाणिज्य सङ्घको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ, प्रदेश अस्पताल दमौलीका अध्यक्ष कमलामोहन वाग्ले लगायतले मन्तव्य राखेका थिए ।