


दमौली, ५ माघ । तनहुँ उद्योग वाणिज्य संघको महासचिव पदमा सुरेश पुरी मनोनित भएका छन् । संघको सोमबार बसेको कार्यसमितिको पहिलो बैठकले पुरीलाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।
यसैबीच संघका नवनिर्वाचित अध्यक्ष इमकुमार मल्लले सोमबार नै पदभार ग्रहण गरेका छन् । अध्यक्ष मल्लले पदभार ग्रहणसँगै संघलाई थप सशक्त र व्यवसायीमैत्री बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
