तनहुँ–२ मा १२ जनाको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ मा १२ जनाको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८२, मंगलवार

    दमौली, ६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ–२ मा १२ जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा २०७४ को प्रतिनिधि सभामा आमानेसामने भएका नेकपा एमालेका केदार सिग्देल र नेपाली कांग्रेसका शंकर भण्डारीले उम्मेदवारी दिएका छन् । त्यतिबेला केदारले शंकरलाई पराजित गरेका थिए । २०७९ मा भने नेकपा एमालेका किरण गुरुङलाई पराजित गर्दै शंकर संसद छिरेका थिए ।

    यो पटक कांग्रेस एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौति थपिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका इञ्जिनियर श्रीराम न्यौपानेले उम्मेदवारी दर्ता गराउदै चुनावी मैदानमा होमिएका हुन् ।

    तनहुँ –२ मा नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा (एसबी), राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर खाँण ठकुरीको उम्मेदवारी दर्ता भएको छ ।

    उज्यालो नेपाल पार्टीका मनराज गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका सुष्मा आले, नेसनल रिपब्लिक नेपालका नमबहादुर रानाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत भेषराज पौडेलले जानकारी दिए ।

    नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेकपा (माओबादी) का गणेश लामगादे, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामे र नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले मनोनयन दर्ता गराएका छन् । राना बिरामी भएर अस्पतालमा उपचाररत छन् । उनले वारेसमार्फत मनोनयन दर्ता गराएका हुन् ।