यसपटक उपनिर्वाचनको नतिजा उल्टिने गोविन्द भट्टराईको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यसपटक उपनिर्वाचनको नतिजा उल्टिने गोविन्द भट्टराईको दावी

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८२, बुधबार

    दमौली, ७ माघ । तनहुँ–१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले यसपटकको निर्वाचनमा नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन्। उनले अघिल्लो उपनिर्वाचनको परिणामलाई आत्मसमीक्षा गर्दै यसपटक मतदाताको विश्वास जित्ने बताए ।

    अघिल्लो उपनिर्वाचनमा भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । तर, यसपटक स्थानीय स्तरमा पार्टी संगठन सुदृढ भएको, जनतासँग प्रत्यक्ष संवाद बढेको र विकास तथा स्थायित्वको मुद्दाले समर्थन पाउने उनकाे भनाइ छ ।

    भट्टराईले कांग्रेसको अनुभव, लोकतान्त्रिक मूल्य र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम नै आफ्नो मुख्य आधार भएको उल्लेख गर्दै मतदाताले सही मूल्यांकन गर्ने विश्वास व्यक्त गरे ।