


दमौली, ७ माघ । तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरा स्थित पृथ्वीराजमार्ग सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बुधबार बिहान ६ः३० बजेको समयमा डुम्रेबाट आबुँखैरेनीतर्फ जाँदै गरेको ग ६ प ५१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका–११ निवासी २४ वर्षीय प्रताप तामाङ र व्यास नगरपालिका–७ निवासी २३ वर्षीय संगम गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रेमा लगिएको छ।