तनहुँका दुई क्षेत्रमा २८ जनाको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दुई क्षेत्रमा २८ जनाको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८२, बुधबार

    दमौली, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँका दुईवटा क्षेत्रमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तनहुँ क्षेत्र नम्बर १ र शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा तनहुँ क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ता भएको हो । तनहुँ–१ मा १६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।

    उपाध्यायका अनुसार तनहुँ क्षेत्र नम्बर १ मा नेकपा (माओवादी) का ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीका काशीराम गुरुङ, नेपाली कांग्रेसका गोविन्द भट्टराई, आम जनता पार्टीका चिजामाया अधिकारी, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, मङ्गोल अर्गनाइजेशन पार्टीका प्रेमबहादुर थापा, नेकपा (एमाले) का भगवती न्यौपाने, उज्यालो नेपालका मन्जिल राना, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेशनल रिपलब्कि नेपालका सुमन थापामगर र राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता भएको छ ।

    यस्तै तनहुँ क्षेत्र नम्बर २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ। यहॉ राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीका यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेकपा (एमाले) का केदार सिग्देल, मङ्गोल अर्गनाइजेशनका सुष्मा आले, नेशनल रिपब्लिक नेपालका नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने, नेकपा (माओवादी) का गणेशबहादुर लामगादे, उज्यालो नेपालका मनराज गुरुङ र नेपाली कांग्रेसका शङ्कर भण्डारीको उम्मेदवारी दर्ता भएको छ । –––