


दमाैली, १३ माघ । तनहुँको व्यास नगरपालिका–५ ठुलोटारस्थित उदय माध्यमिक विद्यालयको स्वर्ण वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर २० जना विद्यार्थीलाई जुत्ता वितरण गरिएको छ।
युवा सामाजिक अभियन्ता महम्मद गफ्फार (सुदिप) को पहलमा विद्यार्थीलाई सहयाेग गरिएकाे हाे । मङ्गलबार विद्यालयमा आयाेजित कार्यक्रममा श्रीभद्र खनाल, युनिस शेख लगायतले विद्यार्थीलाई जुत्ता वितरण गरे ।
अभियन्ता गफ्फारले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन प्रोत्साहन गर्न सहयाेगका कार्यक्रम सञ्चालन गरिएकाे बताए ।
