


दमौली, १७ माघ । तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दीखोलामा शनिबार युवाहरुले सरसफाई अभियान सञ्चालन गरेका छन् । वातावरण संरक्षण र स्वच्छताको सन्देश फैलाउने उद्देश्यले गरिएको उक्त अभियान सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा सम्पन्न भएको हो ।
अभियानमा सुन्दर प्रजापति र आनन्द सोतीको सक्रिय सहभागिता रहेको थियो । उनीहरुले खोला आसपासमा फालिएका प्लास्टिकजन्य फोहोर, बोतल, झोला तथा अन्य अव्यवस्थित फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए ।
सामाजिक अभियान्ता सुदीप गफ्फारले बुल्दीखोलालाई स्वच्छ, सुन्दर र पर्यावरणमैत्री बनाउन निरन्तर रुपमा सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् । उनले नदी तथा खोलाहरुको संरक्षण नगरे भविष्यमा गम्भीर वातावरणीय समस्या उत्पन्न हुने भन्दै सबैलाई आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्न आग्रह गरेका छन् ।
“बुल्दीखोला हाम्रो साझा सम्पत्ति हो । यसको संरक्षण केवल एक–दुई जनाको दायित्व नभई सबैको साझा जिम्मेवारी हो,” गफ्फारले भने ।