तनहुँमा २५८ बालबालिकालाई स्वर्णविन्दु प्राशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा २५८ बालबालिकालाई स्वर्णविन्दु प्राशन

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८२, सोमबार

    दमौली, १९ माघ । प्रदेश आयुर्वेद चिकित्सालयमा आइतबार २५८ बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको छ।

    चिकित्सालयका अनुसार स्वर्णविन्दु प्राशन कार्यक्रममा २०७ जना पुराना तथा ५१ जना नयाँ बालबालिका सहभागी भएका थिए। यसअघि पनि नियमित रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको र कात्तिक २५, मंसिर २२ तथा पुस २१ गते स्वर्णविन्दु प्राशन गराइसकिएको प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले जानकारी दिए ।

    डा. श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने विश्वास गरिन्छ। कार्यक्रमप्रति अभिभावकहरूको आकर्षण बढ्दो रहेको उनले बताए ।

    प्रदेश आयुर्वेद चिकित्सालयले आगामी दिनमा पनि नियमित रूपमा यस्ता स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।