सूनको मूल्य घट्यो, २ लाख ८६ हजार कायम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सूनको मूल्य घट्यो, २ लाख ८६ हजार कायम

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८२, सोमबार

    काठमाडौ, १९ माघ । सोमबार पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो । 

    बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो। 

    यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।