अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, आसिफको अर्धशतकसँगै क्यानडालाई ६ विकेटले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, आसिफको अर्धशतकसँगै क्यानडालाई ६ विकेटले हरायो

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०८२, बिहीबार

    काठमाडौ, २२ माघ । आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो औपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले सफलता हात पारेको छ ।

    नेपाली टोलीले बिहीबार खेलिएको दोस्रो अभ्यास खेलमा क्यानडालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

    भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १८ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो ।

    नेपाली टोलीको जितमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धशतकीय योगदान गरे । ओपनर आसिफ शेखले ५८ रन बनाए ।