व्यास–२ का मुर्ति सहितका संरचनाको आकार घटाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास–२ का मुर्ति सहितका संरचनाको आकार घटाइँदै

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०८२, आईतवार

    दमौली, २५ माघ । व्यास नगरपालिका–२ भित्र रहेका विभिन्न स्थानका मुर्ति सहितका संरचनालाई सानो बनाउने काम सुरु गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले संरचनाहरूलाई पारदर्शी तथा सानो बनाइँदै लगिएको वडा कार्यालयले जनाएको छ।

    यसै क्रममा गणेशमानचोकमा रहेको गणेशमान पार्कको आकार घटाइसकिएको छ भने अब बुद्धचोकस्थित पार्कलाई पनि सानो बनाइने तयारी गरिएको छ। सडक प्रयोगकर्ताको दृश्य अवरोध हटाई सवारी आवागमनलाई सुरक्षित बनाउने लक्ष्यका साथ यस्तो निर्णय गरिएको वडा सदस्य सुरेश वाग्लेले जानकारी दिए।

    उनका अनुसार दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक ठानी वडा कार्यालयले यस कार्यका लागि बजेट समेत विनियोजन गरिसकेको छ। आगामी दिनमा अन्य जोखिमयुक्त स्थानमा रहेका संरचनाबारे पनि आवश्यक अध्ययनपछि निर्णय गरिने बताइएको छ।